सूचना !    सूचना !   सूचना !    नगरसभा  कार्यक्रम  मिति २०७५/०६/२७ गते लुम्बिनी विश्वविद्यालय हल मा हुने  भएको  व्यहाेरा सम्पूर्ण नगरवासीहरूमा जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।  !!    !!     !!

लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यालय, रूपन्देही को संक्षिप्त परिचय

वि.सं. २०७१।१।२५ को नेपाल सरकारको निर्णय अनुसार यो नगरपालिका स्थापना भएको हो । रूपन्देही जिल्ला सदरमुकाम भैरहवादेखी १८ कि.मी. मा अवस्थित यो नगरपालिकाका तिन वटा वडा दक्षिणी सिमा भारतसँग सिमा जोडिएका छन् । यस नगरपालिकाको केन्द्रमा शाक्यमुनि गौतम बुद्धको जन्मभूमी मायादेवी मन्दिर रहेको र  बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेको पावन स्थल रहेका कारण नगर क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय बौद्ध धर्मालम्बी एवं आन्तरिक एवम् वाह्य पर्यटकहरुको अत्याधिक आगमन हुने गरेको छ । यस नगरलाई पर्यटकीय नगरका रुपमा विकास गर्न सकिने प्रशस्त आधारहरु रहेका छन् ।

                                                       https://www.youtube.com/watch?v=S69Odyq2dXk

नगर कार्यपालिका सदस्य विवरण