FAQs Complain Problems

बुस्टर खोप संचालन सम्बन्धि सूचना

कोभिड-१९ बिरुद्ध फाइजरको बुस्टर खोप संचालन सम्बन्धमा

यस लुम्बिनी साँस्कृतिक नगरपालिका अन्तर्गतका सामुदायिक, निजि तथा सार्वजनिक शैक्षिक गुठीद्वारा संचालित, संस्थागत र मदरसा विद्यालयहरुमा अध्ययनरत १२ वर्ष देखि १७ वर्ष सम्मका सम्पूर्ण विद्यार्थीहरु तथा विद्यालय बाहिर रहेका सो उमेर समुहका Moderna खोपको पहिलो र दोस्रो मात्रा लगाएका सम्पूर्ण बालबालिकाहरुलाई लुम्बिनी साँस्कृतिक नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्था मार्फत फाइजर खोपको Buster Dose का लागि मिति २०७९/०७/१६ ,१७,१८ र १९ गतेका दिन बिहान १०:३० बजे देखि ४:०० बजे सम्म शिविर  संचालन हुनेछ।

खोप लगाउन आउँदा खोप कार्ड अवश्य ल्याउनु होला ।    थप जानकारीका लागि पत्र समेत पढ्नु हुन अनुरोध छ ।  सूचना नगरपालिकाको फेस बुक आई.डी.द्वारा समेत पोस्ट गरिएको छ । पुरा समाचार पढ्नु भएकोमा धन्यवाद